बारामा यस्तो घटना : साहुको ऋण तिर्न नसक्दा वियरमा विष !


बारा, २१ भदौं । बारामा एक जनाले साहुको कर्जा तिर्न नसकेपछि विष सेवन गरी आत्महत्या गरेका छन् ।

कोल्हबी नगरपालिका – ३ प्रसौनाका अन्दाजी ४५ वर्षीय सतङ चौधरीले जितपुर सिमरा–१८ कुस्माडी नजिकै पसाह खोला किनारमा वियरसँग विष मिसाएर सेवन गरि आत्माहत्या गरेका हुन् । सतङकाे शव शनिबार बिहान प्रहरीले भेटाएको छ ।

मृतकका छिमेकीका अनुसार कलैयाका कुनै साहुसँग लिएको कर्जा तिर्न नसकेर अब म मर्दैछु भनी परिवारलाई सतङले शुक्रबार खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २१, शनिबार ०३:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ