एसिड आक्रमण गर्नेलाई फाँसी दिन साँसद यादबको माग


पर्सा, २१ भदौं । एसिड आक्रमण गर्नेलाई फाँसी दिन संघीय सांसद प्रदिप यादवले माग गरेका छन् । वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा सांसद यादवले यस्तो माग गरेका हुन् ।

उनले कानुन संशोधन गरेर भएपनि जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने बताए । उनले संविधान संशोधन गरेर एसिड आक्रमणकारीलाई फाँसीको सजाय दिन संसदमा समेत आवाज उठाउने बताए ।

उनले एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय भए डरले पनि यस्तो घटना नहुने पनि बताए । उनले भने, ‘अपराध घटाउन कडा सजायको व्यवस्था हुनुपर्छ । यस्तो जघन्जय अपराध रोक्न कानुन संशोधन आवश्यक छ ।’

वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उक्त घटनाको प्रसँग उल्लेख गर्दै साँसद यादबले आक्रोस पोखे । अपराधीलाई कडा कारबाही नभएसम्म यस्ता अपराध भइरहने उनको भनाई थियो ।

प्रकाशित : २०७६ भाद्र २१, शनिबार १३:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ