प्रदेश २ : लोकसेवा आयोगका अध्यक्ष यादवले लिए शपथ


जनकपुरधाम, २२ भदौ । प्रदेश २ लोकसेवा आयोग अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मधेश भवनमा आज आयोजित एक समारोहमा उनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण खुवाएका हुन् । नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का हुन् । उनी सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको रुपमा काम गरेका छन् ।

मुख्यमंत्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मंत्री, प्रदेश सांसद, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ भाद्र २२, आईतवार ०५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ