काठमाडौं, २४ भदौं । नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो ।
निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुनेछ ।