जनकपुरधाम, २४ भदौं । नेकपा प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण समारोहमा कुटाकुट भएको छ । असन्तुष्ट नेताहरुले कुर्सी तोडफोड गर्नुका साथै पार्टीका प्रदेश अध्यक्ष प्रभु साहमाथि हातपातको प्रयास गरेका हुन् ।
बर्दिबासमा आयोजित कार्यक्रममा प्रदेश २ का आठै जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम तय भएको थियो । तर विवादका कारण अन्तिम समयमा आएर ६ जिल्लाको स्थगित भयो । सिरहा र सप्तरीमा विवाद नरहेको भन्दै शपथ समारोहको आयोजना गर्दा पनि कुटाकुट भएको हो ।
कुटाकुटपछि अहिले कार्यक्रम स्थल तनावग्रस्त बनेको छ । शपथ ग्रहण समारोह तत्कालका लागि स्थगित गरिएको छ । अहिले सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।