सन्तोष यादव
जनकपुरधाम, २५ भदौं । इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहर्रम (दाहा) पर्व जनकपुरमा हर्षोल्लासपुर्वक मुस्लिम समुदायले मनाएका छन् । यस पर्वको अवसरमा आज घरेलु हतियार प्रदर्शन गरेको हो ।
तीन दिनसम्म मनाइने मोहरमको बुधबार अन्तिम दिन मुस्लिम युवाहरुले एकआपसमा लाठी, भाला तथा झर्नीसमेत खेलेका छन् । गाउँगाउँबाट पर्वका अवसरमा मुस्लिम समुदायले दाहा मेला भर्न जनकपुर आएपछि जिरोमाइल क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि तीन दिनसम्म मोहरम्म मनाउने चलन छ । इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मोहरसम्म मनाउने गर्छ ।
हरेलु हतियार प्रदर्शन गरेर आफ्नो धर्मको परम्परा निभाएको मुस्लिम समुदायको अगुवा मो। अतारुल रहमानले बताए।
मोहर्रम पर्वको अवसरमा मुस्लिम समुदायले आकर्षक दाहा समेत बनाउने गर्छ । तर जनकपुरको जिरोमाइलस्थित कवर्ड हल खेलकुद मैदानमा हिन्दु समुदायका अगुवाहरुले १२ लाखको लागतमा २ सय १५ फिट उचाईको दाहा बनाएका छन् । अहिले त्यहाँ विशाल मेला लागेको छ ।
– थाहा खबर