२५ हजार घुस मागेका कर्मचारीको कारमा भैंसी बाँधेपछि…


२६ भदौं । भारतको मध्य प्रदेशमा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् । मध्य प्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो । त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए ।

तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर साजिक सञ्जालमा छाएको छ । भूपेन्द्र सिंहले भनेका छन् ‘म पछिल्लो ६ महिनादेखि आफ्नो परिवारको जग्गाको काम गर्न कार्यालय गएँ तर मेरो काम भएन । उल्टै घुस माग्न थालियो । मसँग पैसा थिएन । भएको सबैभन्दा महँगो सम्पत्ति भनेकै भैँसी थियो । त्यसैले मैले घुस माग्ने कर्मचारीलाई भैँसी दिएको हुँ ।’

तर भूपेन्द्र सिंहले लगाएको आरोप सरकारी कर्मचारी सिद्धार्थ सिंघले अस्वीकार गरेका छन् । उनले भूपेन्द्र सिंहले यो काम चर्चामा आउनका लागि मात्रै गरेको आरोप लगाएका छन् । प्रहरीले यो घटनाको थप अनुसन्धान गरिहरेको छ ।

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ