केन्द्र सरकारले प्रदेशलाई सहयोग गरेन : मुख्यमन्त्री राउत


काठमाडौं, २६ भदौ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारले प्रदेश सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधानले मधेसका आधाभन्दा बढी जनसंख्यालाई समेट्न नसकेकाले सच्याउनुपर्ने माग गरे । उनले प्रदेश–२ को विकास सन्तोषजनक रहेको भन्दै सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

मुख्यमन्त्री राउतले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच छिट्टै एकीकरण हुने तयारी भइरहेकोसमेत बताए । एकीकरणपछि संविधान संशोधनको मागलाई जोडतोडका साथ अघि बढाउनुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ