सर्लाहीमा व्यापारी साहमाथि गोली प्रहार, अवस्था गम्भिर !


सर्लाही, २८ भदौं । सर्लाहीमा एक व्यापारीमाथि गोली प्रहार भएको छ । घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साहमाथि परिचय नखुलेका मानिसले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

नेसनल मेडिकल कलेज वीरगञ्जमा पेटमा गोली लागेका साहको उपचार भइरहेको छ । उनको अवस्था गम्भिर छन् ।गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २८, शनिबार ०५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ