प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न गोविन्द केसीको माग


काठमाडौं,२९ भदौ । चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटक पटक अशन बसिरहेका प्रा. डा. गोविन्द केसीले फेरि ७ बुँदे माग राख्दै अनसनको चेतावनी दिएका छन्।

केसीले आइतवार विज्ञप्ति जारी गर्दै विगतमा सरकारले आफूसँग गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असुलेको रकम फिर्ता, संसदीय उपसमितिले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेको प्रस्ताव खारेज गर्नुपर्ने लगायतका सात माग पुरा नभए १६ औँ पटक अनशन बस्ने चेतावनी दिएका हुन्।

यस्तै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर गरेको उपचार खर्च विवरणसमेत कार्वजनिक गर्न पनि माग गरेका छन्।

‘नेपालका अधिकांश जनता बसोबास गर्ने ग्रामीण भेगमा न कुनै ठूला स्वास्थ्य संस्था न शिक्षण संस्थान नै छन्।साधारण रोगको उपचारको अभावमा मृत्युवरण गर्नु पर्ने अवस्था छ।शहरमा पनि बिगतमा नाम कमाएका ठूला ठूला सार्वजनिक स्वास्थ्य शिक्षण संस्थानहरुलाई सहयोग गर्नुको साटो दोहन गरेर धराशाही बनाएका छन्’, डा. केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रम ओली, प्रचण्ड देउवाजी र परिवारका सदस्य भोका नांगा उपेक्षित जनताले पेट काटेर तिरेको करबाट महँगो उपचार गराउन विदेश जान्छन्। त्यस्तो महँगो उपचार निजी खर्चमै हो भन्ने‍ हामीलाई विश्वास छैन। उनीहरुले राजनीतिलाई सेवा नभएर धनोपार्जनको माध्यम बनाएका हुन् भन्ने स्पष्ट हुन्छ।’

प्रकाशित : २०७६ भाद्र २९, आईतवार १०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ