प्रचण्डको दाँतका कारण नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएको कारण बैठक स्थगित भएको हो ।

अध्यक्ष प्रचण्ड बुधबार ललितपुरको भैंसेपार्टीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर दाँतको उपचार गराए । उनको दाँत फुकालेपछि चिकित्यसकले केही दिन नबोल्न सुझाव दिएका कारण बैठक स्थगित भएको बताइएको छ ।

अब सचिवालय बैठक दुई दिनपछि असोज ४ गते बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७६ आश्विन २, बिहीबार ०६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ