सिरहामा पनि संविधानको विरोध, सरकार छाड्न उपेन्द्रलाई राज्यमन्त्री मण्डलको आग्रह


जयनाथ यादब/ लहान, ३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिरहामा पनि संविधानको विरोध गरेको छ । राजपाले सिरहामा संविधान मधेस विरोधी भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा प्रदेश २ का उधोग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल पनि सहभगी जनाए । विरोध जुलुस पश्चात कोणसभामा बोल्दै राज्यमन्त्री मण्डलले उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टीलाई सरकार छाड्न आग्रह गरेका छन् ।

राज्यमन्त्री मण्डलले भने, ‘संविधान संशोधन गर्ने सम्झौता पश्चात सरकारमा गएको पनि डेढ वर्ष वितिसक्यो तर सरकार संविधान संशोधन गर्न तयार छैन । त्यसैले समाजवादी पार्टीलाई सरकार छाडेर संघर्षमा आउन आग्रह गर्दछु ।’

आन्दोलनबाट जन्मेको पार्टी सत्तामा रमाउनु दुःखद भएको बताउँदै राज्यमन्त्री मण्डलले सबै समुदायको अधिकारका लागि समाजवादी पार्टी र राजपाको संयुक्त संघर्ष जरुरी रहेको महसुस समेत गरे ।

राजपाले मधेसका सबै जिल्लामा संविधानको विरोधमा शुक्रवार साँझ १५ मिनेट ब्लाक आउट गरेको छ । साथै दिउँसो विरोध जुलुस समेत सबै जिल्लामा निकाल्यो । तर सत्तारुढ समाजवादी पार्टीले संविधानको विरोध र समर्थन केहि गरेनन् ।

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ