‘मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड’


लहान, ४ असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । सिरहाको गोलबजारमा आज सिरहा सुपरमार्केट प्रालिद्वारा सञ्चालित एबी मलको उद्घाटन गर्दै उहाँले अरु देशबाट सामान मगाई बेचेर मात्र मुलुक समृद्ध बन्न नसक्ने भएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

मुलुकलाई साँच्चै समृद्ध बनाउने हो भने अब व्यवसायीले व्यापारसँगै उद्योग सञ्चालनको दिशामा पनि सोच्नुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री यादवले त्यसका लागि सरकारले गर्ने सबै खालका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

समृद्ध नेपाल निर्माणको मुख्य बाधक भ्रष्टाचार भएकाले त्यसविरुद्ध अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सांसद लीलानाथ श्रेष्ठले गोलबजारलाई औद्योगिक करिडोरको रुपमा विकास गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रकाशित : २०७६ आश्विन ४, शनिबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ