रेशम चौधरी छुट्ने प्रचण्डको संकेत, भने– झुठा मुद्दा खारेजको प्रक्रिया अगाडी बढिसक्यो


काठमाडौं, ५ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन् ।

सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको बताए । उनले अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढाएको बताए ।

उनले भने, ‘मलाई विश्वास छ केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुन्छन् ।’ रेशम चौधरीको नाम उल्लेख नगरी उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास छ ।’

कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ