मुलुकमा जातिय भेदभाव अन्त्य भयो : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, ५ असोज । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले मुलुकमा जातिय भेदभाव अन्त्य भएको दावी गरेका छन् । जितिया पर्वका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जातिय भेदभाव गरिएको भेटिए कारवाही हुने पनि बताए ।

अहिले मुलुकमा कुनैपनि एक जातिको बहुमत नभएको भन्दै उनले सबै जातजाती धर्म संस्कृति समान भएको उल्लेख गरे । मन्त्री पोखरेलले नेपाल अल्पसंख्यकको देश भएका कारणले कुनै एक जाती ठूलो हुने र अर्को जातिलाई हेप्ने कुरा मान्य नभएको बताए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ