राजपा अध्यक्ष मण्लको संयोजकमा पुनः ठाकुर


काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्लको संयोजक पुनः महन्थ ठाकुर भएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सोमबारदेखि लागू हुनेगरी ठाकुरलाई संयोजक बनाउने निर्णय गरेको थियो । यसअघि संयोजक राजकिशोर यादब थिए ।

एकता महाधिवेशन नहुन्जेलसम्म आलोपालो पार्टीको नेतृत्व गर्ने पार्टी विधानको व्यवस्था अनुसार ठाकुर दोस्रो पटक संयोजक भएका हुन् । संयोजकको कार्यकाल दुई महिनाको हुने व्यवस्था छ ।

प्रकाशित : २०७६ आश्विन ६, सोमबार १५:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ