कांग्रेसद्वार सरकारविरुद्ध शान्तिवाटिकामा विरोध प्रदर्शन


काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको छ ।

पार्टीले चलाएको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन कांग्रेसले काठमाडौंको शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको हो ।

सरकाले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको कांग्रसेको आरोप छ ।

कांग्रेसले संविधानको भावना प्रतिकूल विधेयक ल्याएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित : २०७६ आश्विन ७, मंगलवार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ