बर्दिबास कुटाकुट प्रकरण : नेता माधव नेपाल र मातृका यादवलाई कारवाही गर्न सिफारिस


काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवमाथि कारवाहीका लागि प्रदेश २ को कमिटीले सिफारिस गरेको छ ।

कमिटीले बर्दिबास घटनामा पार्टीका नेताद्धय नेपाल र यादवको संलग्नता रहेको ठहर गरेको छ । दुवैमाथि थप छानविन गरेर कारवाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

त्यस्तै, सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी मुक्त गर्न र केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, जगत यादवमाथि कारवाही गर्न माग गरिएको छ । रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरुलाई नसियत दिन सिफारिस गरिएको छ ।

२४ भदौमा सिरहा र सप्तरीको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा हुलदंगा गर्दै तोडफोड गरिएको थियो । यो लगायतका घटनाबारे प्रदेश कमिटीका इञ्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

प्रकाशित : २०७६ आश्विन ८, बुधबार ०४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ