सिरहा पुगेर रविन्द्र मिश्रले भने– मधेशको विकास नभएसम्म नेपाल समृद्ध हुँदैन


मुकेश यादव/लहान, ११ असोज । साझा पार्टीको केन्द्रिय संयोजक रविन्द्र मिश्रले मधेशको विकास नभएसम्म नेपाल समृद्ध हुन नसक्ने बताएका छन् ।

सिरहाको गोलबजारमा आयोजित साझा पार्टीको सिरहा जिल्ला संयोजक घोषणा तथा सम्बोधन कार्यक्रमलाई समबोधन गर्दै संयोजक मिश्रले यस्तो बताएका हुन् । उनले यहाँका हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच नभएसम्म मधेसको अधिकार सुनिश्चित नहुने पनि बताए ।

उनले मधेशको मसिहा भन्ने नेताहरु भन्दा मधेशलाई गहिरिएर बुझने आफूहरु भएको उनले दावी समेत गरे । उनले भने, ‘नेताहरुले मधेशलाई राजनिति क्रिडा स्थल बनायो । तर मधेशको मुक्ति हुन सकेन ।’ मधेश आन्दोलन भयो मधेशले के पाए ? उनले प्रश्न समेत गरे ।

मधेशको नाममा संघियता र समानुपातिक प्रतिनिधित्वका लागि लडेकाहरु नै आफ्नो नाता गोता तथा आफन्तलाई नै समानुपातिकमा साँसददेखि मन्त्रीसम्म बनाएको आरोप समेत लगाए ।

घोषणा सभामा केन्द्रिय संयोजक मिश्रले सिरहाका लागि धनपति महतोलाई माटोको टिका लगाउदै संयोजक भएको औपचारिक घोषणा गरे । संयोजक महतोले आफुले पाएको जिम्मेबारी तन मन धनले ईमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : २०७६ आश्विन ११, शनिबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ