धनुषामा भेटियो अनौठो माछा, हेर्नेको भिड लाग्यो


जनकपुरधाम, १३ असोज । धनुषाको सबैला नगरपालिका–९ सतोषरमा सोमबार अनौठो माछा फेला परेको छ । गाउँकै नहरमा माछा मार्ने क्रममा समुद्री माछा फेला परेको स्थानीयले बताएका छन् ।

माछाको तौल १३ किलोग्राम रहेको स्थानीय प्रमोद साहले जानकारी दिए। उनका अनुसार यसअघि नदेखिएको माछा फेला परेपछि स्थानीय आश्चर्यमा परेका छन् । यो माछा हेर्न ठूलो भिड लागेको छ ।

कतिपयले समुद्री माछा रहेको भनिरहेका छन् भने कतिपयले समुद्री क्यानफिस भएको दाबी गरेका छन् । तर आधिकारिक रुपमा कुन जातको माछा हो भन्ने पुष्टि भएको छैन ।

माछालाई स्थानीयले पानीमा राखेका छन् ।

प्रकाशित : २०७६ आश्विन १३, सोमबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ