महोत्तरीबाट राँगा र भैँसी नियन्त्रित


महोत्तरी, २४ असोज । महोत्तरीको मटिहानी नगरपालिकामा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका राँगा र भैँसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मटिहानीबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक हिमालय थापाको नेतृत्वमा खटिएको टोलीले मटिहानी नगरपालिका–३ मझौरा गाउँबाट १७ राँगा र तीन भैँसी नियन्त्रणमा लिएको हो ।

राजश्व छलेर वनको बाटो हुँदै तस्करी गरी ल्याइएका ती जनावर मूल्य रु तीन लाख ५० हजार रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । तिनलाई मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइने बताइएको छ ।

प्रकाशित : २०७६ आश्विन २४, शुक्रबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ