राज्यमन्त्री यादबकै कार्यक्रममा ग्याँस सिलिन्डरमा आगो लाग्यो, ४ जना घाईते


महोत्तरी, २५ असोज । गौशाला नगरपालिका ८ सिंहासिनीमा आगो लागेर ग्याँस सिलिण्डरमा आगो लाग्दा चार जना घाईते भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव प्रमुख अतिथि रहेको शुभकामना आदानप्रदान कार्यक्रममा चिया पकाउन लाग्दा ग्यास सिलिन्डरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ग्याँस लिक भएपछि आगो लागेपछि नजिकै रहेका स्थानीय ओम प्रकाश (सरोज) यादव, कौशल यादव, संतोष पासवान र रिकेश यादव घाईते भएका छन् । स्थानीय क्लिनिकमा उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लगिएको छ ।

प्रकाशित : २०७६ आश्विन २५, शनिबार ०६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ