बम विस्फोट घटनाका आरोपी कांग्रेसका सांसद आलम रौतहटमा पक्राउ


रौटहट, २६ असोज । रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।

बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

आइतबार बिहान पौन ११ बजे पक्राउ परेका सांसद आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । प्रहरीले पक्राउ परेको विषयमा अहिले केहि बोलेका छैन ।

प्रकाशित : २०७६ आश्विन २६, आईतवार ०६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ