धनुषा : बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


जनकपुरधाम, १ कार्तिक । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ३ का ४३ वर्षीय टेकेन्द्र दाहाल छन् ।

मिथिला नगरपालिकामा रहेको एक निजी विद्यालयमा पढ्ने दुई बालिकामाथि पटक–पटक यौन शोषण गरेको उजुरी परेपछि शिक्षक दाहालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । उनका अनुसार एक सात वर्षीया र एक नौ वर्षीया बालिकामाथि यौन शोषण गरेको शिक्षक दाहालमाथि आरोप लागेको छ ।

शिक्षक दाहाललाई असोज २८ गते नै पक्राउ गरिएको समेत प्रहरी निरीक्षक यादबले बताए । उनले पक्राउ परेका दाहालमाथि कारबाही प्रहरी अगाडी बढाएको समेत बताए । दाहाल सामाजिक विषयका शिक्षक हुन् ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार १२:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ