औरहीकी ६८ छात्रालाई साइकल वितरण


जनकपुरधाम, २ कार्तिक । धनुषाको औरही गाउँपालिका १ पौरेश्वरमा रहेको श्री सर्वोदय उच्च माविमा मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत शुक्रवार साइकल वितरण गरिएको छ ।

उक्त विद्यालयकी कक्षा ८ मा अध्ययनरत ६८ छात्रालाई साइकल वितरण गरिएको हो । प्रदेश साँसद रामअशिष यादबको अगुवाइमा साइकल लगेको थियो । साइकल वितरण वडाध्यक्ष असेश्वर यादब र समाजवादी विद्यार्थी युनियनका प्रदेश उपाध्यक्ष विकास यादबले गरेका छन् ।

प्रकाशित : २०७६ कार्तिक २, शनिबार ०३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ