विद्यालय परिसरबाटै पेस्तोल बरामद


बारा, २ कार्तिक । जिल्लाको करैयामाई गाउँपालिका १ स्थित जनसामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको छ ।

विद्यालय परिसरमा रहेको सेफ्टी ट्याङकी नजिक पेस्तोल फेला परेको हो । कालो प्लाष्टिकमा बेरेर ढुङ्गामुनि लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको बाराका एसपी विकासराज खनालले जानकारी दिए ।

विद्यालय परिसरमा पेस्तोल कसले राखेको विषयमा केहि खुल्न नसकेको समेत उनले बताए । पेस्तोल राखिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

https://www.youtube.com/watch?v=c2d5JtFlqXw
प्रकाशित : २०७६ कार्तिक २, शनिबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ