सिरहामा अढाई किलो चाँदीसहित विश्वकर्मा पक्राउ


मुकेश यादब / लहान, २ कार्तिक । सिरहाको सिमावर्ती बरियारपट्टी बजारबाट करिब अढाइ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ६ का २५ वर्षीय उमेश विश्वकर्मा छन् ।

भारतबाट चाँदीका विभिन्न गरगहना लिएर आइरहेकै बेला प्रहरीले विश्वकर्मालाई पक्राउ गरेका छन् । उनको साथबाट चाँदीको पाउजु ११० थान, अंगुठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको छ ।

प्रकाशित : २०७६ कार्तिक २, शनिबार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ