धनुषाको सबैला नगरपालिकामा शिक्षकहरुले तलब माग्दै लगाए ताला


जनकपुरधाम, ३ कार्तिक । लामो समयदेखि तलब नपाएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकामा ताला लगाएका छन् । तलबका लागि पटक पटक आग्रह गर्दा पनि उपलब्ध नगराएपछि शिक्षकहरु नगरपालिकामा ताला लगाएका हुन् ।

५ महिनादेखि तलब उपलब्ध नगराएपछि बाध्य भएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको सरस्वती माध्यमिक बिद्यालयका शिक्षक अरुण ठाकुरले जानकारी दिए । दशैं जस्तो पर्वमा समेध तलब नगरपालिकाले निकासा नगर्दा आफुहरु अन्यायमा परेको उनको भनाई छ ।

तलब उपलब्ध नगराएसम्म तालाबन्दी जारी राख्ने शिक्षकहरुले बताएका छन् । तलब निकासा किन हुन नसकेको विषयमा बुझ्न नगरपालिकाका मेयर विजयशंकर साहसंग सम्पर्कको प्रयास गरेपनि फोन उठेन ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ