सिरहामा यतिधेरै लागुऔषधसहित एक जना पक्राउ


मुकेश यादव/ लहान, ६ कार्तिक । सिरहामा फेरी लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ३ का ४५ वर्षीय बिजेन्द्र तामाङ्ग छन् ।

सिरहा नगरपालिका १७ पटहेर्वाबाट तामाङलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनी स १० प ६८९७ नम्बरको २२० पल्सर मोटरसाइकलमा चढेर सिरहातर्फ जाने क्रममा चेकजाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको शसस्त्र प्रहरीले जनाए ।

तामाङको साथबाट लागुऔषध कोरेक्स ९० बोतल बरामद भएको सशस्त्र प्रहरी बल नं ७ गण हेक्वा सिरहाका सप्रनाउ योगराज दाहालले जानकारी दिए । प्रहरीले उनीमाथि कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ६, बुधबार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ