ज्यूदै जलाएको अभियोगमा पक्राउ आलमलाई छुटाउन मुखमा कालोपट्टी बाँधेर जुलुस


रौतहट, ८ कार्तिक । हत्या आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमलाई बिनाशर्त रिहाइ माग गर्दै सदरमुकाम गौरमा मौन जुलुस निकालिएको छ ।

आलमलाई जिल्ला अदालतबाट आठ दिन म्याद थपे लगत्तै सदरमुकाम गौरमा हजार भन्दा धेरै सहभागीको मौन जुलुस निकालिएको हो । जुलुसमा नेपाली कांग्रेसका सयौँ कार्यकर्ता पनि सहभागी थिए । तर कांग्रेस जिल्ला सभापति कृष्ण यादवले यो जुलुस आफुहरुले ननिकालेको बताए ।

उनले यो जुलुसमा स्वतःफूर्त सहभागीहरु आएको दाबी गरे । ‘जुलुस नेपाली कांग्रेसको आयोजनामा भएको होइन । आलमको समर्थनमा स्वतः निकालिएको हो’, उनले भने ।

मुखमा कालोपट्टी बाँधेका सहभागीहरुले आलमलाई रिहा गर्न माग गरेका थिए । उनीहरुले यसअघि पनि सदरमुकाममा आएर प्रदर्शन गरेका थिए । – थाहाखबर

प्रकाशित : २०७६ कार्तिक ८, शुक्रबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ