सुखिपुरमा कृषि विकास बैंकको ‘एटिएम सेवा’ सुरू


मुकेश यादव/ लहान, ८ कार्तिक । सिरहाको सुखिपुरमा कृषि बिकास बैंक लिमिटेडशुखिपुर शाखाले शुक्रबारबाट एटीएम सेवा संचालनमा ल्याएको छ ।

बरियारपट्टी जिरो माइल सडकखण्डको मुख्य बजार शुखिपुरमा एटीएम सेवा संचालन भएको हो । अहिलेसम्म गोलबजार, मिर्चैया र सिरहामा कृषि बिकास बैंकको एटीएम सेवा नभएको र पहिलो पल्ट सुखिपुरमा कृषि बिकास बैंकको एटीएम सेवा सुरु हुँदा स्थानीय लाभान्वित हुने सुखिपुर शाखाका प्रबन्धक राजेन्द्र महतोले बताए ।

यो एटीएम सेवा शनिवार पनि खुल्ला रहनेछ । साथै २४ औ घण्टा सेवा उपलब्ध हुने शाखाका प्रबन्धक महतोले बताए ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ