अस्पताल अध्यक्षमा राजपा नेता सिंह नियुक्त


जनकपुरधाम, ९ कार्तिक। प्रादेशिक अस्पताल जनकपुरको संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राजपा नेता संजय सिंह नियुक्त भएका छन् । राजपा धनुषाको अध्यक्ष मण्डलका सदस्य रहेका नेता सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष सिंह शुक्रवार पदभार ग्रहण गरे । अस्पतालमा समितिका अध्यक्ष सिंह र सदस्यहरुलाई चिकित्सकहरुले स्वागत गरेका छन् । अध्यक्ष सिंहले अस्पतालको सेवा प्रवाहमा कसैलाई विभेद नगर्न चिकित्सकहरुसँग आग्रह गरे । उनले भने, ‘यहाँ सेवाका लागि कसैले एप्रोच लगाउन नपरोस् भन्ने चाहेको छु ।’

उनले अस्पतालमा ड्युटीका बेला अनिवार्य रुपमा एप्रोन लगाउन चिकित्सकहरुसँग आग्रह समेत गरे । साविकको अंचल अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि प्रादेशि अस्पताल नामाकरण गरिएको छ ।

सरकारले अस्पताललाई ५ सय शैयाको बनाउने निर्णय गरेपनि पूर्वाधार र जनशक्ति अभावका कारण कार्यान्वयणमा आउन सकेका छैन । नवनियुक्त अध्यक्ष सिंहले अब सरकारको निर्णय कार्यान्वयणका लागि आजैदेखि लागिपर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ