सिरहाबाट चितुवाको छालासहित एक जना पक्राउ


मुकेश यादव
लहान, ९ कार्तिक ।
सिरहाको लहानबाट चितुवाको छाला जस्तो देखिने बस्तुसहित शनिबार एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको सादा पोसाकको टोलीले लहान नगरपालिका वडा नम्बर–१ स्थित गोपाल सेवा सदनको कोठा नं. ६ वाट दुई वटा चितुवाको छाला जस्तो देखिने बस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका-१७ स्थित तरेगना बस्ने ३७ वषीय शिव कुमार राम रहेको छ ।

यसबारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सिरहा पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ