सिरहाको औरहीमा पहलवानी, हेर्नुस् फोटोहरु


मुकेश यादब/ लहान, १३ कार्तिक । सिरहाको औरहिमा दुई दिने कुस्ती खेल प्रतियोगिता संचालन भएका छन् । लक्ष्मिपुजाको अबसरमा बुधवार औरही गाउँपालिका वडा नम्बर ५ स्थित जनता अधारभुत विद्यालय अगाडी दुई दिने कुस्ती (पहलवानी) खेल प्रतियोगिता संचालन भएको हो ।

कुस्ती खेल प्रतियोगितामा भारत र नेपालको पहलवानहरु आएका छन । कुस्ती प्रतियोगिताको प्रमुख अतिथि प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले समाजमा पहिलेको तुलनामा अहिले कुस्ती खेल लोप हुदै गएको बताए । खेलहरु मध्ये कुस्ती खेल पनि एक हो, जुन हाम्रो समाजमा लोपहुदै गएको छ, यसलाई संरक्षण तथा प्रोत्साहन गर्नुपर्छ भन्दै हिन्दुहरूको महान चाडपर्व छठको शुभकामना ब्यक्त गरे ।

पहलवानी उद्घाछन समारोहमा वडाध्यक्ष दिलिप यादब, समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष शिबजि यादव, जिवछ साह, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कुस्ती खेलको अध्यक्षता नेपाली काङ्ग्रेस नेता सुभाष कुमार यादवले गरेको थियो ।

प्रकाशित : २०७६ कार्तिक १३, बुधबार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ