मधेस आन्दोलनले जातिवादलाई संस्थागत गरे !


  • राजेश विद्रोही

आज माघ पाँच गते अर्थात् मधेस बलिदानी दिवसको दिन । आजकै दिन लहानमा विधार्थी रमेश महतोले बलिदान गरेका थिए । त्यही बलिदानको बाछिट्टाले मधेस आन्दोलनको रुप फेरियो । र, सयौं मधेसीले बलिदान गरे । त्यसपछि नश्लवादी राज्यसत्ताले घुँडा टेक्न विवश भयो । त्यसैको सम्झना र सम्मान स्वरुप तत्कालीन मधेस केन्द्रित दलले आजको दिनलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ । मधेस आन्दोलनको १३ वर्ष पुरा भएको छ । तर, मधेसी जनताको सपना अझै पनि पुरा भएको छैन् । न त पुरा भएको छ सहिदको सपना ।

यो वर्ष सपा र राजपाले संयुक्तरुपमा बलिदान दिवस बिरगंजमा मनाइरहेको छ । सुरुमा जसरी तामझामकासाथ बलिदानी दिवस मनाईन्थ्यो आजको अवस्था त्यस्तो छैन् । बलिदान दिवस जति पश्चिमतिर पुग्यो उतिनै सुक्दै गएको स्थिति छ । मधेस आन्दोलनको केन्द्रविन्दु लहानको अवस्था झनै फितलो भएको छ । बलिदान दिवस पनि आवश्यकताको आधारमा मनाउने अवस्थामा पुगेको छ । जसको बलमा मधेस केन्द्रित दल सता र सरकारको दैलोसम्म पुग्यो आज उनै सहिदको अवस्था कम्जोर छ । सम्मानमा कमी छ । सम्मानमा पनि पार्टीसिलेटको प्रयोग छ । यसले सहिदको गरिमा घटेर गएको छ । अपमानको महसुस हुन् थालेको छ ।

आन्दोलनको क्रममा मुनाफाको जीवन बाँचेका जिउँदो सहिद र घाइते अपांगको अवस्था झनै कहालिलाग्दो छ । थुप्रै सहिद परिवारले रोजगार त पाए । तर, सम्मान पाउन सकेको छैन् । केहि सहिदपरिवार र घाइते अपांगले कुनै सुविधा पाउन सकेको छैन । दलीय र गुटबन्दीको विभेदमा परेको छ । उनिहरुको जीवन अझै रोडमै छन् । यस्तो अवस्थामा मघेस आन्दोलनको जीवन पुगेको छ । सता र सरकारको चास्नीमा डुबेदेखि मधेसी दलमा जुन विभाजन आयो त्यो नै मधेस केन्द्रित दलको लागि ठूलो अभिशाप बन्यो । जसले अहिलेसम्म मधेसी दल माथि उठ्न सकिरहेको छैन् ।

जुन उदेश्यका साथ मधेस आन्दोलन भयो र सयौं मधेसी सपुतहरुले स्वस्फूर्त रुपमा बलिदान गरे त्यो सबै बालुवामा पानी खन्याएको जस्तै भयो । सयौंको बलिदान र योगदान खोज्दै जाने हो भने कोही सड्क पेटिमा भेटिन्छन् त कोही खाडी मुलुकतिर भेटिन्छन् । अर्थात् वास्तविक योगदान र बलिदानका कारिन्दाहरुको मुल्य कौरीको मूल्य बराबर भएको छ । जसको योगदान आन्दोलनमा रतिभर छैन् । उनिहरु अवसरहरु लुटिरहेका छन् । नेतृत्वहरु पनि उनिहरुकै वरिपरि घुमिरहेका छन् ।

मधेस आन्दोलनले नेता त जन्मायो तर तिनेताहरुले मधेस र मधेसी जनता विर्सियो । सहिदको बलिदान र सपना विर्सियो । उनिहरुको वर्ग फेरियो । ब्यक्ति पिच्छे गुट छ । अलिकति राज्यको अवसर हातमा पर्यो कि त्यो ब्यक्ति गुट बिना बाँच्नै सक्दैन । पानी बिनाको माछा जस्तै छटपटाउन थाल्छन् । सरकारी अवसरकालागि जेपनि गर्छन् । तर, जव अवसर हातबाट बाहिरिन्छन् त्यसपछि मात्र पार्टी, कार्यकर्ता र जनता नजरियामा आउँछन् । नेता मालिक र कार्यकर्ता नोकर जस्तो देखिन्छन् । नेताका अगाडि कार्यकर्ता चु सम्म बोल्दैनन् । नेताले जे बोल्यो त्यसैमा रमाउनुपर्ने बाध्यता छ । बिद्रोह गर्ने हैसियत छैन् । विचार छ तर, विचार चलाउने पैसा छैन् । राजनीति पनि ब्यापारिकरण भएको छ ।

यतिवेला मधेस केन्द्रित दल एकजुट हुनुभन्दा राष्ट्रिय दल बन्ने दौडमा छन् । आन्तरिक संकटमा फसेका छन् । जातिवाद उतिकै हावी छन् । मधेसतिर पार्टीको नेतृत्व अनुसार संगठन र अवसर बाँधिएको छ । यसले मधेस राजनीतिको दायरा फराकिलो हुन सकेको छैन् । मधेसका उत्पीडित समुदाय झन् उत्पीडनको महसुस गरिरहेका छन् । गाउँघरका सामन्त र जमिनदारहरुको हालीमुहाली बढेर गएको छ । अर्थात् मधेस केन्द्रित दलमा जातिवाद संस्थागत भएको छ । यो मधेस आन्दोलनको सपना होइन । जुन सपना भजाएर मुठ्ठी भरका वर्ग अवसर लुटिरहेका छन् । र, मधेस आन्दोलनको सपना बेचिरहेका छन् । आफूलाई नेता कहलिरहेका छन् ।

मधेस आन्दोलन पश्चात् मधेस केन्द्रित दलमा जुन टुटफुट र विभाजनको राजनीति सुरु भयो त्यो नै मधेसी दल र जनताका लागि अभिशाप बन्यो । अहिलेसम्म मधेस राजनीति त्यही टुटफुट र विभाजनकै वरिपरि घुमिरहेको छ । एकलाई अर्कोमाथि विश्वास छैन् । बरु राष्ट्रिय पार्टी बन्ने दौडहामा समय खर्चिरहेका छन् । तर, उनिहरु फेरि एक ठाउँमा उभिने र मधेसको बाँकी सपना पुरा गर्ने आँट र साहस गर्न सकिरहेको छैन् । उनिहरुको लागि यतिबेला आँट र साहस सपना जस्तै भएको छ । जनताले पनि उनिहरुलाई शंकाको नजरियाले हेर्छन् । आफु एक ठाउँमा उभिन नसक्नेहरु मधेस मुक्तिको सपना कसरी पुरा गर्न सक्छन् ? प्रश्न गम्भीर छैन् र ।

मधेस आन्दोलनको सपना धेरै ठूलो थियो । मुख्यत पुस्तौंदेखि केन्द्रीय सताको उत्पीडनबाट मुक्ति चाहन्थे मधेस । तर, त्यो सपना अझै पनि पुरा भएको छैन् । मुलुकमा मधेस आन्दोलनले संघीयता र समावेशीता लगायतका मुद्दा कायम त गर्यो । तर, अझै पनि मधेसका थुप्रै हक, अधिकार र मुद्दा ओझेलमा छन् । जुन अधिकार फेरि पनि त्यसै मिल्ने बाला छैन् । त्यो अधिकार लिन अझै पनि थुप्रैले बलिदान गर्नुपर्छ कि जस्तो देखिदै छन् । किनभने हाम्रो मुलुकको सरकारको चरित्र विगतभन्दा पनि खतम छ । सरकारले हजुरियाको भरमा कुनै बाँकी अधिकार दिनेबाला छैन् ।

मुर्खहरुको झुन्डले भरिएको छ सरकार । सामन्त, जमिनदार र नश्लीय वंश्लीय चरित्रले भरेको छ सरकार । यस्तोबेला असल कामको कुरा गर्नु मुर्खता बाहेक अरु केही हुँदैन । प्राचीन इतिहासमा बरु राजा महाराजा हरुमा दाया माया हुन्थ्यो । आफ्नो प्रजाको चिन्ता गर्थे । तर, अहिलेका सरकारलाई आफ्नो प्रजाप्रति कुनै चिन्ता र चासो छैन् । लुट्न मात्र चाहन्छ । आफ्नो देशको नागरिक के खान्छ रु कसरी जीवन बाँच्छन् रु केको खाँचो छ रु कुनै फिकर छैन् । बरु सरकारलाई चिन्ता छ मेरो कुर्सी कसैले नखोसियोस् ।

प्रकाशित : 19 January 2020 5:53 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !