धनुषामा तस्करीका कपडासहित तीन जना पक्राउ


जनकपुरधाम, २४ माघ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु एक लाख बराबरको कपडासहित प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिका २ बल्हा र महुवाको बीच बाटोबाट भन्सार छलेर ल्याउँदै गरेको रु १ लाख बराबरको कपडा नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ भन्सार छली कपडा ल्याउँदै गरेका जनकनन्दनी गाउँपालिका ३ का ४७ बर्षीय जमुना खत्वे, २० बर्षीय प्रदिप खत्वे र २० बर्षीय जाकिर मंसुरलाई पक्राउ गरिएको छ ।

उक्त कपडा र व्यक्तिलाई आबश्यक कार्वाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ २४, शुक्रबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ