गच्छदार भन्छन्- मसँग पैसा छैन, नौ करोड कहाँबाट ल्याउने ?


काठमाडौं, २५ । ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन् । 

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन् । आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै उनले अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

‘नौ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ?’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें । कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो ।’

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए ।

प्रकाशित : २०७६ माघ २५, शनिबार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ