नेकपा बरिष्ट नेता खनालले भने– नेकपाको नेता भ्रष्टाचारमा संलग्न छन् भने मुद्दा चलाओस् (भिडियोसहित)


बर्दिबास (महोत्तरी), २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार जोसुकैमाथि पनि कारबाही हुनुपर्ने धारणा राखेको छ ।

बर्दिबासमा आयोजित आधारशिलाको १७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खनालले यस्तो धारणा राखेका हुन् । पूर्वधानमन्त्री समेत रहेका खनालले भने, ‘नेकपाकै नेता किन नहोस्, भ्रष्टाचार गरेको छ भने कारबाही हुनुपर्छ ।’ उनले भ्रष्टाचारमा संलग्न देखिएमा आफ्नै पार्टीका नेतामाथि मुद्दा चलाउदा पनि केहि फरक नपर्ने स्पष्ट गरे ।

उनले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडो राम्रो काम गरिरहेको बताए । उनले अख्तियारले निष्पक्ष रुपमा काम गरिरहेको समेत बताए । भ्रष्टाचारमा नेकपा, काँग्रेस, राजपा वा अन्य कुनै पार्टीको किन नहोस् सबैमाथि कारबाही हुनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारीलाई कारबाही नभएसम्म मुलुक र समाज रुपान्तरण नहुने पनि बताए ।

https://www.youtube.com/watch?v=Dy3_5KLGiD8

यस्तै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा काँग्रेसले आफ्नो नेतालाई जोगाएको भनेर दिएको अभिव्यक्ति ठिक नभएको बताए । उनले अख्तियारले जग्गा प्रकरणमा मुद्दा दर्ता गराएको विषयमा सरकारको कुनै कनेक्सन नरहेको स्पष्ट पारे ।

‘अख्तियार स्वतन्त्र र निष्पक्ष हुनुपर्छ’, उनले भने, ‘स्वतन्त्र र निष्पक्ष रुपमा काम पनि गरिरहेको छ । यदि सरकारले हस्तक्षेप गर्यो भने अख्तियारको के काम ?’ यदि नेकपा नेताको पनि संलग्नता छ भने अख्तियारले थप छानविन गरोस् हामी प्रोत्साहित गर्छौ– उनले थपे ।

प्रकाशित : २०७६ माघ २६, आईतवार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ