ललिता निवास जग्गा प्रकरणमा नेकपाको कनेक्सन छैन : प्रवक्ता श्रेष्ठ


बर्दिबास, २६ माघ । नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा काँग्रेसले आफ्नो नेतालाई जोगाएको भनेर दिएको अभिव्यक्ति ठिक नभएको बताए । उनले अख्तियारले जग्गा प्रकरणमा मुद्दा दर्ता गराएको विषयमा सरकारको कुनै कनेक्सन नरहेको स्पष्ट पारे ।

‘अख्तियार स्वतन्त्र र निष्पक्ष हुनुपर्छ’, उनले भने, ‘स्वतन्त्र र निष्पक्ष रुपमा काम पनि गरिरहेको छ । यदि सरकारले हस्तक्षेप गर्यो भने अख्तियारको के काम ?’ यदि नेकपा नेताको पनि संलग्नता छ भने अख्तियारले थप छानविन गरोस् हामी प्रोत्साहित गर्छौ– उनले थपे ।

https://www.youtube.com/watch?v=DFQe-x4xW0I
प्रकाशित : २०७६ माघ २६, आईतवार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ