ठुला माछामाथि चलाएको मुद्दा अख्तियारका लागि परीक्षा हो : प्रदेश साँसद महतो


बर्दिबास, २६ माघ । नेकपा नेता तथा प्रदेश २ का साँसद शत्रुधन महतोले अख्तियारले बल्ल ठूला माछामाथि मुद्दा चलाएको भन्दै यो मुद्दा अख्तियारका लागि परीक्षा भएको बताएका छन् ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरु उन्मुक्ति पाउने शंका गर्दै उनले भने, ‘मुद्दा त दर्ता भयो । तर देखावटी हो कि कारबाही हुन्छ हेर्न बाँकी छ ।’ उनले देशमा भ्रष्टाचार न्यूनिकरण गर्न पनि नसकिने तर घटाउन सकिने बताए ।

‘चुनावका बेला बहुमत दिनुस् भनिरहेका थियौं’, उनले भने, ‘तर बहुमत पाएपछि समाजवाद र समृद्धि भन्दा पनि भ्रष्टाचारतीर उन्मुख भइरहेका छौं ।’ उनले सरकार अहिलेकै अवस्थामा अगाडी बढ्यो भने समाजवादका आधारहरु निर्माण गर्न नसकिने समेत बताएका थिए ।

https://www.youtube.com/watch?v=4AOebnedm2E
प्रकाशित : २०७६ माघ २६, आईतवार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ