पर्सामा हुण्डी कारोबारी महतो ५ लाख ५० हजार नगदसहित पक्राउ


पर्सा, २६ माघ । प्रहरीले ५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध वित्तीय कारोवार (हुण्डी) भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार भारतीय नागरिक सुरेश महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । भारतको रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलसहित महत्तोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ५ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ । पक्राउ परेका महत्तोलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित : २०७६ माघ २६, आईतवार २१:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ