सिरहामा दुर्घटना : मोटरसाइकलमा जन्तीबाट फर्किदै गरेका दुई जनाको मृत्यु


सिरहा, २७ माघ । सिरहमा बसले ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाईकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डल रहेको प्रहरीले जनाएको छ । उनीहरू दुवैजना जन्ती गएर घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना. ४ ख ९२४१ नम्बरको बसले सिरहा-चोहर्वा सडकखण्डको नरहा गाउँपालिका-५ पानबारीमा सिरहातर्फ आउँदै गरेको लु. १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएका थियो । 

प्रकाशित : २०७६ माघ २७, सोमबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ