सिरहामा प्रहरीले एकैदिन रोक्यो ३ जोडी बालविवाह


सिरहा, २८ माघ । प्रहरीले एकैदिनमा तीन जोडी बालविवाह रोकेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले विवाहको तयारीमा रहेको तीन जोडी बालविवाह रोकेको हो ।

सिरहाको कर्जन्हा नगरपालिका–६ वेतकाका रिझान मुखियाकी १५ वर्षीया छोरी रन्जुको र कल्याणपुर नगरपालिका–१ अर्नमाका रामनरेश माझीकी १७ वर्षीया छोरी गणिता माझिको महोत्तरीमा हुन लागेको विवाह प्रहरीले रोकेको छ ।

त्यसैगरी विवाहको तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५ का बेहरा मण्डललकी छोरीको विवाह पनि प्रहरीले रोकेको बताइएको छ । बालविवाह हुन लागेको विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरुको विवाह रोकेको हो ।

प्रहरीले उनीहरुको अभिभावलाई बालविवाह काननीरुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने जनाएपछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ २८, मंगलवार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ