सप्तरीमा लुटपाट गरेको अभियोगमा यादब पक्राउ


सप्तरी, २८ माघ । लुटपाट अभियोगमा बोदेबर्साईन नगरपालिका १० बैरियाहीका ३३ वर्षीय नागेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

नागेन्द्र र सोही ठाउँस्थित खडकपुर बस्ने २५ वर्षीय निर्मल यादव लगायत ३ जनाले मादक पदार्थ सेवन गरी स्वर्णपट्टीबाट जाजरतर्फ जाँदै गरेको ज ११ प ४७८९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय प्रमोद कुमार यादवको नगद २ लाख ३७ हजार रुपैयाँ, मोबाइल १ थान र घडी १ थान लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोदेबर्साईबाट खटिएको प्रहरीले नागेन्द्रलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ २८, मंगलवार १८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ