प्रतिशोध साँध्न विजय गच्छदार माथि मुद्धा चलायो : काँग्रेस


काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राजनीतिक प्रतिशोध साँध्न विजय गच्छदार माथि मुद्धा लगाएको बताएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद पुष्पा भुसालले गच्छदार विरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेकोमा आपत्ती जनाएकी हुन । उनले भनिन्, अख्तियार अनुसन्धान आयोगले कसैलाई जग्गा फिर्ता गर्ने नाममा मुद्दा नचल्ने भनेर आधारपत्रमा लेखिएको छ । यो मन्त्रिपरिषदको निर्णय भनेर मुद्दा चलाउन मिल्दैन भनेर त्यही पत्रमा उल्लेख छ। कसैलाई काखा कसैलाई पाखा लगाउने यो कदमको काँग्रेसले घोर भत्सर्ना गर्छ ।’

उनले सरकारको प्रतिशोध साँध्‍ने हतियार बन्‍ने अख्तियारलाई कसले नियाल्ने भन्दै प्रश्न समेत गरेकि छिन । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ भएको आरोप लगाउँदै प्रतिशोध साँध्‍न गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाइन् ।

प्रकाशित : २०७६ माघ २८, मंगलवार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ