सिरहामा पोखरीमा डुबाएर १५ महिनाकै नाबालिकाको हत्या


जनकपुरधाम, २८ माघ । सिरहाको बरियारपट्टीमा पोखरीमा डुबाएर एक १५ महिने नाबालिकाको हत्या गरिएको छ । देवेन्द्र यादवको १५ महिने छोरी आशिकी यादबको हत्या गरिएको हो ।

घरबाट हिजो बेपत्ता भएकी नावालिका आशिकीको शव पोखरीमा फेला परेको छ । प्लाष्टिकको बोरामा फेला परेको शवलाई अर्को बोरामा इटा राखेर डुबाएको स्थानीयले जनाएको छ ।

सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले पनि नाबालिकाको हत्या भएको पुष्टि गरेका छन् । उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : २०७६ माघ २८, मंगलवार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ