ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु, ८ जना घाइते


नवलपरासी, २९ माघ । ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ छर्छरेमा मंगलबार साँझ लु.४ त २५५६ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–३ का ४० वर्षीय पूर्ण बहादुर थापा, २५ वर्षीय लिल बहादुर सारु, २२ वर्षीय नर बहादुर सुस्लिङ मगर र ५९ वर्षीय यमान सिङ सारु रहेका छन् ।

पूर्ण र लिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने नर बहादुर र यमानको प्राथमिक स्वास्थ्य केन्द्र लिलिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७६ माघ २९, बुधबार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ