‘अन्तरजातीय विवाह गरेकै कारण बुवाले बन्धक बनाएर चरम यातना दिनुभयो’


ललिता साह/ राजविराज, २ फागुन । एक अर्काले मन पराएर आफूसॅग जात नमिल्ने सुभाष शर्मा सॅग बिबाह गरेकै कारण आफ्नै बुवा ले जन्जिरमा बाधेर बन्धक बनाई चरम शारिरीक र मानसिक यातना दिएको सिरहा नवराजपुर गाउपालिका वड़ा नंबर 1 कि ममता कुमारी साहले बुवा अजय साह , काका गबर्धन साह, मामा कासी साहमाथि जबरजस्ती शरीर बन्धकको गम्भीर आरोप लगाएकी छिन।

ममताका अनुसार सुभाषले आफूलाई बलत्कार गरेको भनेर प्रहरीमा झूठा मुदा दर्ता गर्न बुवा सहित परिवारले दिएको दवाव मैले मान्न अस्वीकार गर्दा उनीहरूले माघ 8 गते आफूलाई घरभित्रै बन्धक बनाई लानेका थिए।

शरीर भरीको काटिएको धाउ र निलडाम देखाउदै दुबै हात खुटामा जन्जिरले बाधेर बुवाले बारह दिनसम्म लगातार निर्घात कुटपिट गर्दै आएको पिडित ममताले बताईन। आमाको सहयोगमा पहिला लहानमा डेरा लिई बसेरो घरपटी दिदीलाई फोन गरी जसो त्यसो प्रहरीलाई खबर गरे । अनि सिरहाकै प्रहरी , महिला अधिकारकर्मी , संचारकर्मी लगाये 20 गते मलाई आफ्नै घरबाट उद्घार गरी ल्याईएको ममताले सुनाईन।
ईलाका महेशपुर पतारीका प्रहरी निरीक्षक अरविंद कुमार साह महेशबारीका प्रहरी नायब निरीक्षक सिकेन्दर प्रसाद साह सहित खटिएको टोलीद्वारा माघ 20 गते विहान करिब 11बजे को समयमा पिडित ममतालाई उनकै बुवा सहितको परिवारले बन्धक बनाई राखिएको अवस्थाबाट उद्घार गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले पुष्टी गरेका छन।

यस समबन्धमा बुवा अजय साहसॅग भेटेर कुरा गर्दा आफ्नै छोरीले परिवार को बिरूदमा गई अर्को जातको बिबाहित केटासॅग भागेकोले आफ्नो ईज्जत बचाउन छोरी ममतालाई जन्जिरले बाधेर राखेको र कुटपिट समेत गरेको स्वीकार गरेका छन।

आफूखुशी जात नमिले नि मन मिल्ने सॅग बिबाह गरेकै कारण आफ्नै बुवा लगायतबाट यातना सहेर ज्यानकै जोखिम लिएर सो परिवारमा बस्नु भन्दा लहान मुरारका कलेजमा विए पढ्दै र शिक्षण पेसा समेत अंगालेकी ममता आफ्नै खुटामा उभेर एक्लै र स्वतन्त्रसॅग बस्न सहज र सुरक्षितसॅग बाच्न सक्ने वातावरणमा मिलाई दिनुहुन सरोकारवाला सबैमा आग्रह गरेकी छिन ।

प्रकाशित : २०७६ फाल्गुन २, शुक्रबार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ