सिरहाका युवाहरुलाई ‘प्रोजेक्ट स्वरोजगार’मा सहभागी हुन एनएमबी बैंकको आह्वान


जयनाथ यादब/ लहान, ८ फागुन । एनएमबी बैंक लहान शाखाले ‘प्रोजेक्ट स्वरोजगार’मा सहभागीताका लागि आह्वान गरेको छ । विहिवार पत्रकार सम्मेलन गरी बैंकले ‘प्रोजेक्ट स्वरोजगार’ मुख्यतय नवीनतम तथा अनुभवी उद्यमीहरुको शिप, मनस्थिति तथा क्षमता विकास गर्न आयोजना गर्न लागिएको जानकारी गराए ।

ग्लोकल प्रालिको साझेदारीमा ल्याएको ‘प्रोजेक्ट स्वरोजगार’ अन्तर्गत ५० जना सिरहाका युवालाई इच्छा बमोजिमको तालिम प्रदान गरेर स्वरोजगार बनाउने बताइएको छ । एनएमबी बैंकमा तालिम लिएर स्वरोजगार बन्न चाहने इच्छुक युवाले फागुन २७ गतेभित्र फारम भर्नुपर्नेछ ।

हेर्नुस् थप…

प्रकाशित : २०७६ फाल्गुन ८, बिहीबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ