जनकपुरधामका मेयर साहद्धारा स्वर्गिय झामाथि श्रद्धाञ्जली अर्पण


जनकपुरधाम, ८ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको बुवा स्वर्गिय प्रेमनारायण झामाथि जनकपुरधामका मेयर लालकिशोर साहले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रौतहटस्थित गाउँमै विहिवार १३ औं पुण्य तिथिको अवसरमा आयोजित समारोहमा मेयर साहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । झाको निधन माघ २७ गते सोमवार भएको थियो । विहिवार श्रद्धाञ्जली अर्पण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अधिकांश मन्त्रिहरु पुगेका थिए ।

प्रकाशित : २०७६ फाल्गुन ८, बिहीबार २०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ